News तेह्रथुमको मोराहाङमा खुला फुटबल प्रतियोगिता हुने
गोलनेपाल

मोराहाङ । गौखुरी युवा क्लब, मेन्छ्यायेम गाउँपालिका-५, मोराहाङ, तेह्रथुमको आयोजनामा आउँदै गरेको मकर संक्रान्ती (कक्फेवा तङनाम) को अवसर पारी माघ २ गतेदेखी खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक क्लब कै स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५,५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२१,१२१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१६१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आइतवीर खापुङले जानकारी दिए ।

 
Post Comments