News पेम्बाको ह्याट्रिकमा संकटाको शानदार जित
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत पुस २२ गते सोमबार भएको दोस्रो खेलमा संकटा फुटबल क्लबले उत्कृष्ट जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एफसी खुमलटारमाथि ४–१ को प्रभावशाली जित निकालेको हो । संकटाको जितमा पेम्बा तामाङले ह्याट्रिक गर्दा थप एक गोल एल्सन राईले गरे । उता पराजित खुमलटारका लागि भने सुर्य थापा मगरले एक मात्र गोल फर्काएका थिए ।

स्मरण रहोस, सोमबार नै भएको दिनको पहिलो खेलमा एपिएफ फुटबल क्लब र थ्रीस्टार फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

Post Comments