News
एन्फा यु–१६ युथ लिगः शेर्पा र पुलिसको रोमाञ्चक बराबरी
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले रोमाञ्चक बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा शेर्पा र पुलिसले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । शेर्पाका लागि सुजन स्याङ्तनले ह्याट्रिक गरे । पुलिसका लागि भने समिर राईले दुई गोल गर्दा समिर कुमारले थप एक गोल गरेका थिए ।
स्मरण रहोस, त्यसअघि मंगलबार नै भएको पहिलो खेलमा चर्च ब्वाईज युनाइटेडले फ्रेण्डस क्लबमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै महत्वपूर्ण तीन अंक जोडेको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा