News
एन्फा बी लाइसेन्स कोर्ष शुरु
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि बी लाइसेन्स भर्चुअल कोर्ष शुरु भएको छ । एन्फाका अनुसार कोष तीन चरणमा सम्पन्न हुने छन् । आइतबार कोर्षको पहिलो चरण भएको समेत एन्फाले जनाएको छ ।
एन्फाका टेक्निकल डाइरेक्टर ग्यारी फिलिप्सको सञ्चालनमा भएको बी लाइसेन्स कोर्षमा कुल २९ प्रशिक्षार्थीहरु सहभागि छन् । कोर्षको समापन आउँदो मंगलबार हुने बताइएको छ ।
एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहको अध्यक्षतामा भएको कोर्ष सञ्चालन कार्यक्रममा टेक्निकल डाइरेक्टर फिलिप्सलाई एन्फाको चार विभाग महिला, युथ, ग्रासरुट र प्रशिक्षक शिक्षण विभागले सघाएका थिए ।
कोर्षमा सहभागीहरु यसप्रकार रहेका छन्ः
आई बहादुर घले, अमित खत्री, अनु लामा, भगवती थापा, भोलानाथ सिलवाल, बिकास मल्ल, बिनम श्रेष्ठ, दिपक भुषाल, दिलिप बस्याल, गंगाराम देउजा, हरि बहादुर तामाङ, जुमानु राई, लक्ष्मण रुचाल, मान बहादुर तामाङ, मिन बस्नेत, नरेश श्रेष्ठ, प्रविन श्रेष्ठ, रबिन व्यञ्जनकार, राजन लाल नेपाली, राजन मगर, राजेश खड्गी, राजु तामाङ, राम चन्द्र थापा, सन्दिप खड्का, सरोज थापा, श्रीप्रकाश बैद्य, सुमन श्रेष्ठ, टोप बहादुर बिष्ट, युवराज शाही ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै