News दोस्रो बिरगंज गोल्डकप फागुन दोस्रो सातादेखि
गोलनेपाल

बिरगंज । भेट्रान्स सिटी क्लब, बिरगंजको आयोजनामा आगामी फागुन १७ गतेदेखि दोस्रो बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

आदर्शनगर रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाईज युनाइटेड, संकटा क्लब, सलहेश युवा क्लब, गढवाल एफसी (दिल्ली), मच्छिन्द्र फुटबल क्लब र बिरगंज युनाइटेड गरी कुल आठ टोलीहरुको सहभागिता रहनेछ ।

बिरगंज महानगरपालिकाको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १११११११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो ।

त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments