News सोल्मा स्पोर्टसलाई उपाधि
गोलनेपाल

लफ्याङ । दोस्रो खोटाङ कप वार्ड स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सोल्मा स्पोर्टस क्लबले जितेको छ । बुधबार सम्पन्न फाइन्लमा सोल्माले नुनथला स्पोर्टस क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै च्याम्पियन बनेको हो ।

विजेता बनेको सोल्माले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता नुनथला स्पोर्टस क्लबले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

 

 

Post Comments