News
साफ च्याम्पियनसिपको मिति तय
काठमाडौं । दक्षिण एसियाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपको १५औं संस्करणको मिति तय भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिता आउँदो जुन १५ देखि २५ जुलाई (असार १ देखि साउन १० गते) सम्म गर्ने गरी मिति निर्धारण गरेको हो ।
यद्यपि प्रतियोगिताको आयोजना स्थलबारे भने टुंगो लागेको छैन । निकट स्रोतका अनुसार यसपटक प्रतियोगिता होम एण्ड अवेका आधारममा गर्नेबारे पनि छलफल भईरहेको छ । साथै खेलहरु आवश्यक परे तटस्थ मैदानमा पनि खेलाउने गरी योजना भईरहेको पनि बताइएको छ ।
स्मरण रहोस, प्रतियोगिताको गत संस्करणको उपाधि भारतले जितेको थियो । फाइनलमा आमन्त्रित टोली कुवेतलाई हराउँदै भारत किर्तिमानी नवौं पटक साफ च्याम्पियन बनेको थियो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल