News सातौं बागमती गोल्डकप फागुन पहिलो सातादेखि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजना हुने बागमती गोल्डकपको सातौं संस्करण आउँदो फागुन १ देखि १० गतेसम्म हुने भएको छ ।

यस संस्करणको प्रतियोगिता बागमती–४, झुरभुरे स्थित नवनिर्मित शहिद स्मृति रंगशालामा हुनेछ । स्मरण रहोस, यसअघिका संस्करणहरु भने फापरबारी स्थित जनता माविको खेलमैदानमा सम्पन्न भएका थिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

आयोजकका अनुसार प्रतियोगितामा सात ए डिभिजन टोली र मोफसलका तीन टोलीहरु गरी कुल दश टोलीहरुले प्रतिस्पर्धा गर्ने पनि जानकारी गराइयो । प्रतियोगिता सम्पन्न करिब ७४ लाख ७३ हजार खर्च हुने अनुमान गरिएको आयोजकले जानकारी दियो ।

स्मरणीय छ, प्रतियोगिताको गत संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लब, काठमाडौंले जितेको थियो ।

Post Comments