काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत चर्च ब्वाईज युनाइटेड क्लब र सातदोबाटो युथ क्लबले मंगलबार जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा चर्च ब्वाईजले त्रिभुवन आर्मी फुटबल क्लबमाथि ११–१ को फराकिलो अन्तरको जित निकाल्यो । चर्च ब्वाईजका लागि करन चौधरीले ह्याट्रिक गरे भने आशिक स्याङतन, आयुष राई र सनिल मगरले समान दुई–दुई गोल गरे । त्यस्तै निशान्त तामाङ र सुशान्त थापा मगरले थप एक–एक गोल गरे । उता पराजित आर्मीका लागि अभिषेक खत्रीले एक मात्र गोल फर्काए ।
यो जितपछि चर्च ब्वाईजको खातामा ४ खेलबाट ९ अंक छ । पराजित आर्मी भने अंकविहीन रुपमा अझै संघर्षरत छ ।
त्यस्तै अर्को खेलमा सातदोबाटोले हिमालयन शेर्पा क्लबलाई १–० ले हरायो । सातदोबाटोको जितमा आयुष खड्काले एक मात्र निर्णायक गोल गरे । यो जितपछि सातदोबाटोसँग ४ खेलबाट ६ अंक छ । पराजित शेर्पाको भने एक अंक मात्र रहेको छ ।
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने