News महिला लिगः बागमती विरुद्ध एपिएफको सहज जित
गोलनेपाल

काठमाडौं । महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत दावेदार एपिएफ फुटबल क्लबले आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा उत्कृष्ट जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले बागमती युवा क्लबलाई शून्यका विरुद्ध ६ गोलले हरायो । एपिएफको जितमा रश्मी कुमारी घिसिङ र सरु लिम्बुले दुई–दुई गोल गरे । थप एक गोल प्रिती राईले गर्दा अर्को एक गोल भने सेमिहाङमा लिम्बुले आत्मघाती गोलका रुपमा गर्न पुगकै थिईन् ।

यो जितपछि शतप्रतिशत नतिजा निकालेको एपिएफको खातामा ५ खेलबाट १५ अंक छ । उता पराजित बागमतीको खातामा भने समान खेलबाट तीन अंक रहेको छ ।

Post Comments