News
कम्बोडियामा रेखाको डेब्यु गोल
काठमाडौं । कम्बोडियाको शिर्ष महिला लिग खेलिरहेकी नेपालकी चर्चित फरवार्ड रेखा पौडेलले कम्बोडियन लिगको आफ्नो पहिलो खेलमै डेब्यु गोल गरेकी छिन् ।
लिग अन्तर्गत शनिबार रेखाको टोली फ्नोम पेन क्राउन एफसीले बोउङ केटलाई ५–० ले हराउँदा रेखाको नाममा एक गोल रह्यो । रेखाले खेल शुरु भएको १०औं मिनट मै आफ्नो डेब्यु गोल र टोलीका लागि पहिलो गोल गरेकी थिईन ।
त्यस्तै शनिबार नै भएको अर्को खेलमा कम्बोडियन लिग मै व्यस्त प्रिती राईको टोली प्रेय खोन रिच स्वाय रिङले सिम रिपसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा प्रितीले टोलीको पहिलो रोजाई मै रहेर पूरा समय खेलिन् ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने