News दोस्रो स्मृति कपः डिपिओ र संकल्प सेमिफाइनलमा
सुरज राना मगर

बागलुङ । डिपिओ क्लब र संकल्प पूर्नस्थापना केन्द्र यहाँ जारी दोस्रो स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोली बनेका छन् ।

बाङ्गेचौर खेलमैदानमा भएको क्वाटरफाइनलतर्फ डिपिओले श्री मेयर दल गणलाई ३–१ ले हरायो । डिपिओको जितमा केशर बरम, बिबेक गुरुङ्ग र मन बहादुर विष्टले गोल गरे । पराजित नारायण दलका लागि प्रकाश बानियाँले एक मात्र गोल फर्काएका थिए ।

त्यस्तै अर्को क्वाटरफाइनलमा संकल्पले नारायण दल गणलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यस्तै अर्को खेलमा परप्ले हेजले रुद्रेपिपल युथ क्लबलाई पेनाल्टी शुटआउट मै ४–३ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

बागलुङ एकता क्लब, बागलुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ५ गतेका दिन हुनेछ ।

Post Comments