तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकु मौलाडॉडामा जारी पॉचौ श्रीजंग राय स्मृति खुल्ला पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
शनिबार सेमिफाइनलका दुइ खेल सन्चालन हुनेछन । पहिलो सेमिफाइनलमा योङ ब्वाइज झापा र सरस्वति मा.वि. हिवाकू भिड्नेछन । दोस्रो सेमिफाइनलमा आयोजक ए र खाम्लालुङले प्रतिस्पर्धा गर्नेछन । शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा क्रेजी टाइम आठराईलाई शुन्यका विरूद्ध एक गोलले पराजित गर्दै सरस्वती मा विले सेमिफाइनलमा योङ ब्वाइज झापासंगको भेट पक्का गरेको हो ।
त्यस्तै अन्तिम क्वाटरफाइनलमा लिसिबुङलाई २-० ले पराजित गर्दै खाम्लालुङ सेमिफाइनल पुगेको हो ।
इङनाम इवाहाङ युवा समाजको आयोजनामा माघ १ गते देखि शुरू भएको प्रतियोगिता ६ गते सम्म सन्चालनमा रहनेछ । १४ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले १ लाख ५ हजार १०८ र उपविजेताले ६५ हजार १०८ रूपैया प्राप्त गर्ने खेलकुद समिति अध्यक्ष सन्जय इङनामले जानकारी दिनुभयो ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि