News सिक्किममा उपाधि नजिक चर्च ब्वाईज
गोलनेपाल

काठमाडौं । नेपालको लिग च्याम्पियन समेत रहेको चर्च ब्वाईज युनाइटेड क्लब सिक्किममा जारी १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाइनलतर्फ चर्च ब्वाईजले इन्टरनेशनल फुटबल क्लब, पञ्जाबलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि जोरेथाङ रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

पेनाल्टी शुटआउटमा भने चर्च ब्वाईजले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा चर्च ब्वाईजका कप्तान अनन्त तामाङ म्यान अफ द म्याच घोषित भए ।

Post Comments