News तिवारीभञ्ज्याङ र राजगढ सेमिफाइनलमा
गोलनेपाल

च्याङग्रे । तिवारीभञ्ज्याङ फुटबल क्लब र राजगढ फुटबल क्लब जारी दोस्रो पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको क्वाटरफाइनलतर्फ तिवारीभञ्ज्याङले टेम्केमैयुङ गाउँपालिकालाई शून्यका विरुद्ध ३ गोलले हरायो । तिवारीभञ्ज्याङको जितमा ग्लोरी, मनोज राई र सुजन मगरले गोल गरे । खेलको म्यान अफ द म्याच पनि तिवारीभञ्ज्याङ कै ग्लोरी घोषित भए ।

अर्को खेलमा राजगढ फुटबल क्लबले नयाँ श्रीनाथ गणलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । राजगढको जितमा आयुष श्रेष्ठ र बादल तामाङले गोल गरे । पराजित नयाँ श्रीनाथ गणका लागि भने मनोज लिम्बुले गोल फर्काएका थिए । खेलमा राजगढका श्याम मुर्मु म्यान अफ द म्याच चुनिए ।

गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।

Post Comments