News
बागमतीसँग रोकियो पुलिस
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले तुलनात्मक रुपमा कमजोर आँकिएको बागमती युवा क्लबसँग बराबरी खेलेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले बागमतीसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो । यो बराबरी नतिजाले पुलिसको सिधै क्वालिफयर वान खेल्ने सम्भावना कठिन बनेको छ ।
यो नतिजापछि पुलिसको खातामा ७ खेलबाट ११ अंक छ । उता बागमतीको खातामा भने ६ खेलबाट ४ अंक छ र लिगको प्ले अफ खेल्ने सम्भावना पनि बलियो बनाएको छ । शिर्ष स्थानमा भने शतप्रतिशत जितसहित १८ अंकका साथ एपिएफ रहेको छ । अंकविहीन वालिङ पुछार मै छ ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा