News
युथ लिगमा थ्रीस्टार र फ्रेण्डसको जित
काठमाडौं । एन्फा यु–१६ युथ लिग अन्तर्गत आइतबार थ्रीस्टार क्लब र फ्रेण्डस क्लबले आ–आफ्नो खेलहरुमा जित हात पार्दै तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हरायो । यो जितपछि थ्रीस्टारको पाँच खेलबाट १३ अंक छ । पराजित पुलिसको भने समान खेलबाट १० अंक रहेको छ ।
अर्को खेलमा फ्रेण्डसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरले हरायो । यो जितपछि ६ खेलबाट फ्रेण्डसको १० अंक छ । उता पराजित आर्मी भने अझै अंकविहीन छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा