News
सहज जितका साथ महिला लिगको क्वालिफायरमा आर्मी
काठमाडौं । उत्कृष्ट र सहज जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब जारी एन्फा महिला लिगको क्वालिफायर वानमा प्रवेश गर्न सफल भएको छ । आइतबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ६–१ ले हरायो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिकसहित पाँच गोल गर्दा थप एक गोल बिमला चौधरीले गरीन् । उता पराजित वालिङका लागि भने मिना देउवाले एक मात्र गोल फर्काएकी थिईन् ।
यो जितसँगै ७ खेलबाट १६ अंक जोडेको आर्मीले क्वालिफायर वानमा अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको छ । उता पराजित वालिङ भने अंकविहीन छ र प्रतियोगिताबाट बाहिरिएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश