News
मच्छिन्द्रसँग सातदोबाटो, संकटासँग शेर्पा पराजित
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार मच्छिन्द्र फुटबल क्लब र संकटा फुटबल क्लबले जित हात पार्दै खातामा तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा मच्छिन्द्रले सातदोबाटो युथ क्लबलाई २–० ले हरायो । मच्छिन्द्रको जितमा दुवै गोल राहुल कुमार योञ्जनले गरे ।
यो जिछपछि मच्छिन्द्रको खातामा ५ खेलबाट ९ अंक भएको छ । पराजित सातदोबाटोसँग समान खेलबाट ६ अंक छ ।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई ३–० ले पराजित गर्यो । संकटाका लागि गुन्दास सुनुवार, पेम्बा तामाङ र प्रजल कुमार लुम्रेले गोल गरे ।
यो जितपछि संकटाले महत्वपूर्ण तीन अंक जोड्दै आफ्नो खातामा ५ खेलबाट १० अंक पुर्याएको छ । पराजित शेर्पाको खातामा भने एक अंक मात्र रहेको छ ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने