च्याङग्रे । तिवारीभञ्ज्याङ फुटबल क्लब यहाँ जारी दोस्रो पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा तिवारीभञ्ज्याङले घरेलु टोली पौवादुङ खेलकुद विकास समिति (बी) लाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
पौवादुङमा रंगशालामा भएको खेलमा तिवारीभञ्ज्याङका लागि ग्लोरीले एक मात्र निर्णायक गोल गरे । खेलमा म्यान अफ द म्याच भने तिवारीभञ्ज्याङ कै सौर्य राउत घोषित भए ।
तिवारीभञ्ज्याङले अब माघ ९ गते बुधबार हुने फाइनलमा राजगढ फुटबल क्लबसँग उपाधिका लागि भिड्न आयाजकले जानकारी दियो ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा