News रेड स्टारलाई दोस्रो फिदिम भेट्रान्स गोल्डकपको उपाधि
गोलनेपाल

फिदिम । पॉचथरको फिदिममा सम्पन्न दोस्रो अन्तराष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको उपाधि रेड स्टार एफ सी बिर्तामोड झापाले हात पारेको छ ।

शनिबार फिदिम मा.वि.को खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक फिदिम भेट्रान्स क्लबलाई दुइका विरूद्ध चार गोलले पराजित गर्दै रेड स्टारले उपाधि जितेको हो ।
रेड स्टारको जितका लागि खेमराज पोखरेलले ह्याट्रिक गरे भने बुद्ध चेम्जोङले एक गोल गरे । फिदिमका लागि असोक लिम्बु र सुवास लिम्बुले एक एक गोल गरे ।

उपाधि संगै रेड स्टार झापाले १ लाख पॉच हजार ५५५ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता फिदिमले ५५ हजार ५ सय ५५ सहित ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

फाइनल खेलको म्यान अफ दि म्याच रेड स्टारका क्याप्टेन राज कुमार श्रेष्ठ घोषित हुँदै दुइ हजार दुइ सय
प्राप्त गरे ।

विधागत उत्कृष्ट

सर्बोकृष्ट खेलाडि-रेड स्टार एफ सी-भुपेन जबेगु
बेस्ट फर्वाड- रेड स्टार एफ सी- बुद्ध चेम्जोङ
बेस्ट गोल रक्षक- रेड स्टार एफ सी- मिन बहादुर बस्नेत
बेस्ट डिफेन्डर- फिदिम भेट्रान्स क्लब- अनिल चुडाल
बेष्ट मिडफिल्डर- फिदिम भेट्रान्स क्लब-प्रदेश केसी
हाई स्कोरर - रेड स्टार एफ सी- खेमराज पोखरेल
मस्ट भेट्रान्स प्लेयर- बौद्ध भेट्रान्स रानिटार-हर्कराज नेम्बाङ र
वेष्ट कोच - रेड स्टार एफ सी-प्रेम कृष्ण श्रेष्ठ घोषित भए ।
सर्वोकृष्ट खेलाडीले पॉच हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले दुई हजार दुइ सय प्राप्त गरे ।

माघ ९ गते देखि फिदिम भेट्रान्स क्लबको आयोजनामा उमेरले हैन उत्साहले खेलौ भन्ने नाराका साथ सुरू भएको गोल्डकप माघ १२ गते शनिबार भव्य रूपमा सम्पन्न भएको क्लबका अध्यक्ष रोसन कुमार श्रेष्ठले बताए ।

Post Comments