News एनआरटीलाई सेमिफाइनल पुर्याउन अन्जनको दुई गोल
गोलनेपाल

काठमाडौं । कप्तान अन्जन बिष्ट नायक बनेको खेलमा न्युरोडटिम –एनआरटी) जारी सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

आइतबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा एनआरटीले फ्रेण्डस क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । दशरथ रंगशालामा भएको खेलमा अग्रता पनि एनआरटीले नै लिएको थियो ।

खेलको १९ र २४औं मिनटमा अन्जनले एनआरटीका लागि लगातार दुई गोल गर्दे टोलीको जितको आधार तयार पारेका थिए । ४७औं मिनटमा रिचार्ड विलसनले एनआरटीका लागि तेस्रो गोल थपे । उता फ्रेण्डसका लागि भने कप्तान बिबेक पौडेलले ८१औं मिनटमा एक मात्र गोल फर्काएका थिए ।

खेलमा दुई गोल गरेका एनआरटीका अन्जन विष्ट प्लेयर अफ दि म्याच पनि चुनिए । उनले त्यसवापत नगद १५ हजार र ट्रफी समेत हात पारे । आइतबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।

प्रतियोगिता अन्तर्गत माघ १४ गते सोमबार हुने पहिलो सेमिफाइनलमा संकटा फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्ने छन् । त्यस्तै माघ १५ गते मंगलबार हुने दोस्रो सेमिफाइनल खेलमा एनआरटीले आयोजक लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको सामना गर्नेछ ।

Post Comments