News
युथ लिगः सातदोबाटो र शेर्पाको जित

काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ सोमबार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सातदोबाटोले एफसी खुमलटारलाई ३–२ ले हरायो । यो जितपछि सातदोबाटो ८ खेलबाट १२ अंकका साथ छैठौं स्थानमा छ । पराजित खुमलटार भने समान खेलबाट ३ अंकका साथ १०औं स्थानमा छ ।
अर्को खेलमा हिमालयन शेर्पाले संघर्षरत टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० ले हरायो । यो जितपछि ९ खेलबाट ७ अंक जोडेको शेर्पा लिगतालिकाको नवौं स्थानमा छ । पराजित आर्मी भने अंकविहीन रुपमा पुछारमा छ ।
Post Comments
Related News
- बाल आदर्शलाई चौथो एसइइ कपको उपाधि
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- एन्फा यु–१६ युथ लिगको पहिलो चरणको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त