News
कोशी प्रदेश फुटबल रेफ्रीमा मधुसुदनको नेतृत्व सर्वसम्मत

झापा । कोशी प्रदेश फुटबल रेफ्री संघमा मधुसुदन खनालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । आज झापाको झिलझिलेमा भएको प्रथम प्रदेश अधिवेशनले खनालको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको हो ।
कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले उद्घाटन गरेको अधिवेशनबाट संघको बरिष्ठ उपाध्यक्षमा प्रदिपकुमार बस्नेत (झापा), उपाध्यक्षद्वयमा सञ्जय श्रेष्ठ (भोजपुर) र प्रेम जिमी (संखुवासभा) निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी, सदस्यहरुमा विपुल दाहाल (ताप्लेजुङ), सुरेश थापामगर (इलाम), यशराज राई (सुनसरी), लीला बाँस्कोटा (झापा), पंकज चौधरी (उदयपुर), विक्रम कार्की (मोरङ), मनिष अधिकारी (सुनसरी), सुबास श्रेष्ठ (पाँचथर) र विजय राई (खोटाङ) निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त शेरबहादुर बस्नेतले जानकारी दिए ।
संघको पहिलो बैठकले एक महिला सदस्य र महासचिव, सचिव र कोषाध्यक्ष विधानबमोजिम मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष खनालले जानकारी दिए । कार्यक्रममा कोशी प्रदेश फुटबल संघका महासचिव भगिरथ आले (मामा)लगायतले शुभकामना दिएका थिए ।
Post Comments