
बागधुरा । रोमाञ्चक जितका साथ लिस्नु युवा क्लब, कोटिहवा जारी स्व. लाल बहादुर–डम्मरकुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ लिस्नुले जनज्योति युवा क्लब, डिंगरनगरलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । सञ्जिवनी खेलमैदानमा भएको खेलमा लिस्नुका लागि एमोस पुन र आयुष गुरुङ्गले गोल गरे । पराजित जनज्योतिका लागि भने कप्तान मिशन दर्लामीले गोल गरेका थिए ।
खेलमा लिस्नुका एमोस पुन म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १९ गते शनिबारको अन्तिम प्रिक्वाटरफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र अमुवा युवा क्लब, अमुवा बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।