News विपिनको निर्णायक गोलमा पटिहानी क्वाटरफाइनलमा
गोलनेपाल

चितवन । विपिन मगरको निर्णायक गोलमा पटिहानी एफसीले तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगितामा जीत हात पारेको छ । आज (बुधबार) भएको खेलमा पटिहानीले नारायणी मोटर्स युनिक क्लब बसेनीलाई १-० ले हराएको हो । 

प्रतिस्पर्धात्मक खेलमा पटिहानीलाई जिताउन विपिनले खेलको १५ औं मिनेटमा उत्कृष्ट गोल गरे । सुजन गुरुङको एसिस्टमा विपिनको लेफ्ट फुटेट प्रहारलाई युनिकका गोलरक्षक मनोज गुरुङले बचाउन सकेनन् ।

यो जितसँगै पटिहानी प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा बिहीबारबाट क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछन् । जस अन्तर्गत भोलि दिउँसो ३ बजे शारदा युथ क्लब शारदानगर र स्टार स्पोर्टस क्लब माडी भिड्नेछन् ।

Post Comments