News बागमती युवा क्लब प्रथम मरिण गोल्डकपको फाइनलमा
गोलनेपाल

मरिण । प्रभावशाली जितका साथ बागमती युवा क्लब, सर्लाही यहाँ जारी प्रथम मरिण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा बागमती युवा क्लबले बाग मती गाउँपालिका, मकवानपुरलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । बागमती युवा क्लबको जितमा राज भुषाल, सनम धिमाल र देवा गुरुङ्गले गोल गरे । पराजित बागमती गाउँपालिकाका लागि भने बुद्ध बलले एक मात्र गोल फर्काएका थिए ।

खेलमा बागमती युवा क्लब कै आयुष राना मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक मुङग्रे युनाइटेड युवा क्लब, सिन्धुली र रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरबीच हुने आयोजकले जानकारी दियो ।

मुङग्रे युनाइटेड युवा क्लब, मरिण गाउँपालिका–२, मुङग्रे खाटदमार, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । फाइनल खेल यही माघ २५ गतेका दिन हुनेछ ।

Post Comments