बुटवल । सहज जित निकाल्दै आयोजक लखन ब्रदर्श युथ क्लब (सेतो) जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
पहिलो क्वाटरफाइनलतर्फ लखन ब्रदर्शले शिवनगर युवा परिवारलाई ४–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा लखन ब्रदर्शका कप्तान मिलन आले मगरले ह्याट्रिक गर्दा थप एक गोल दर्शन बिकले गरे ।
खेलमा ह्याट्रिक गरेका लखन ब्रदर्शका मिलन आले म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत फागुन १ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल इभोलुशन क्लब अफ बुटबल र देवदह ब्वाईज बीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने