News पाँचथर युनाइटेड सुपर लिग चरणमा प्रवेश
गोलनेपाल

धरान । पाँचथर युनाइटेड फुटबल क्लब, पाँचथर जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपर लिग चरणमा प्रवेश गर्न सफल भएको छ ।

बिहीबार समूह ए तर्फको आफ्नो खेलमा पाँचथरले लोहरुङ्ग फुटबल क्लब, संखुवासभालाई १–० ले हरायो । धरान रंगशालामा भएको खेलमा पाँचथरका लागि सन्तोष सम्बाहाम्फेले गोल गरे । खेलमा पाँचथर युनाइटेड कै बेगम गुरुङ म्यान अफ दि म्याच बने ।

बिहीबार नै भएको समूह सी तर्फको अर्को खेलमा देउराली युथ क्लब, धनकुटाले रेडहर्ष फुटबल क्लब, इलामलाई २–१ ले पराजित गर्यो । देउरालीका लागि समिर लिम्बु र बिरेन लिम्बुले गोल गरे । पराजित रेडहर्षका लागि भने बिनोद धमलाले गोल गरेका थिए । खेलमा देउरालीका समिर लिम्बु म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत फागुन २ गते शुक्रबारको पहिलो खेल धरान फुटबल क्लब, सुनसरी र बुइपा–११ फुटबल क्लब, खोटाङ बीच हुनेछ भने दोस्रो खेल धाईजन चारआली फुटबल क्लब, झापा र रेडहर्ष फुटबल क्लब, इलामबीच हुने आयोजकले जानकारी दियो ।

Post Comments