News
युनानसँग नेपालको महँगो हार

काठमाडौं । चाइनिज नयाँ वर्षको अवसर पारी शनिबार आयोजित नेपाली युथ टोली र चीनको युनान युथ टोलीबीचको मैत्रीपूर्ण खेलमा नेपालले हार बेहोरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले युनानसँग ०–२ को हार बेहोरेको हो । यद्यपि नेपालको त्यो हार महँगो हारका रुपमा साबित भयो । खेलका क्रममा भरपर्दा युवा मिडफिल्डर आशिष राई गम्भिर रुपमा घाइते बने ।
पहिलो हाफको ३६औं मिनटमा युनान युथका खेलाडीसँग बल खोस्ने क्रममा चोटिल बनेका आशिष मैदान मै ढले । उनको खुट्टा भाँचिएको प्रष्ट देखिन्थ्यो । एन्फाले पनि उनको खुट्टा भाँचिएको र गम्भिर रुपमा चोटिल बनेको पुष्टी गर्यो ।
आशिष कति समय मैदान बारि रहने हुन्, त्यसबारे यकिन नखुलाइए तापनि उनी लामो समय मैदान बाहिर रहने निश्चित छ । उनको अनुपस्थितिले नेपाली फुटबललाई पक्कै पनि उनको अभाव खट्किने छ ।
Post Comments