News दोस्रो सुर्यतारा (नेकोस) कप फागुन अन्तिम सातादेखि
उमेश पुन

पोखरा । सुर्यतारा क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा गण्डकी प्रदेश स्तरीय दोस्रो सुर्यतारा ९नेकोस० कप फुटबल प्रतियोगिता फागुन २४ गते देखि चैत्र २ गते सम्म हुने भएको छ ।

पोखरा २९ स्थित भन्डारढिक रंगशालामा हुने प्रतियोगिताको बिजेताले रु ४ लाख ४ हजार ४ सय ४४ रुपैया र उपबिजेताले रु २ लाख २ हजार २ सय २२ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै उत्कृष्ट खेलाडीले १५ हजार र सार्वाधिक गोल कर्ताले रु १० हजार प्राप्त गर्नेछ ।

स्मरण रहोस, प्रतियोगिताको गत संस्करणको उपाधि एलसी ब्रदर्स लामाचौरले जितेको छ । गोलनेपाल डटकम प्रतियोगिताको आधिकारिक वेब पार्टनर रहेको छ ।

Post Comments