News दुहबी मेयर कपः वार्ड नम्बर ७ क्वाटरफाइनलमा
गोलनेपाल

दुहबी । संघर्षपुर्ण जित निकाल्दै वार्ड नम्बर ७ यहाँ जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बुधबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा वार्ड नम्बर ७ ले वार्ड नम्बर ६ लाई टाईब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा वार्ड नम्बर ७ का गोलरक्षक सुलभ चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ८ गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल वार्ड नम्बर ४ र वार्ड नम्बर १० बीच हुने आयोजकले जानकारी दियो ।

 दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।

Post Comments