News
नवौं अर्किड कपः हिलारी सेमिफाइनलमा
काठमाडौं । हिलारी नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामासेमिफाइनलमा प्रवेश गरेको छ ।
हिलारीले लिम्पियालाई २–१ गोलले पराजित गर्यो । हिलारीका लागि दुवै गोल प्रीतम यादवले गरे । लिम्पियाका सर्जन बुढाले १ गोल फर्काए ।
काँडाघारीस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनमा भइरहेको प्रतियोगितामा बेस्ट ग्रुप भिजनले न्यु स्टार पोललाई टाइब्रेकरमा ३–२ गोलले हराउदै सेमिफाइनलमा पुग्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगियो । ग्रिनविच पनि सेमिफाइलनमा पुग्यो ।
Post Comments
Related News
- नेपाल फुटबल स्कुललाई उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट