News चर्च ब्वाईज बागमती गोल्डकपको फाइनलमा
बिक्रम बानियाँ क्षेत्री

झुरझुरे । रोमाञ्चक जित हात पार्दै चर्च ब्वाईज युनाइटेड क्लब, ललितपुर जारी सातौं बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलतर्फ चर्च ब्वाईजले एपिएफ फुटबल क्लबलाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । शहिद रंगशालामा भएको खेलमा चर्च ब्वाईजका लागि अर्माण्ड बेडुमले दुई गोल गरे भने थप एक गोल सुमित श्रेष्ठले गरे । पराजित एपिएफका लागि भने बुद्धि मान राई र हरि कार्कीले गरे ।

खेलमा महत्वपूर्ण दुई गोल गरेका चर्च ब्वाईजका अर्माण्ड बेडुम प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १० गते शनिबारको दोस्रो सेमिफाइनल खेल थ्रीस्टार क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १२ गतेका दिन हुनेछ ।

Post Comments