भद्रपुर । आयोजक भद्रपुर ब्लेजर्स एफसी यहाँ जारी भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा ब्लेजर्सले नेपाल पुलिस क्लबलाई २-१ गोलअन्तरले रोक्दै अन्तिम चारमा स्थान बनाएको हो । भद्रपुरका लागि दुवै गोल मिलन राईले गरेका हुन् । उनी प्लेयर अफ दी म्याच बन्दै नगद २१ हजार पाउन सफल भए । पुलिसका लागि भने इन्जुरी समयमा सान्त्वना गोल भएको थियो ।
उद्घाटन खेलमा भद्रपुरले दार्जिलिङ पुलिस टिमलाई ४-३ गोलअन्तरमा पराजित गरेर क्वाटरफाइनलमा स्थान बनाएको थियो । पुलिसविरुद्ध मिलनले खेलको ७२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
कप्तान आशिष चापागाईको पासमा मिलन राईले भद्रपुरका लागि गोल गरेका हुन् । मिलन राईले दोस्रो गोल पेनाल्टीमार्फत गरेका हुन् । पुलिसका मानबहादुरले कप्तान आशिषलाई पेनाल्टी एरियामा फाउल गरेपछि भद्रपुरले ७४औँ मिनेटमा पेनाल्टी पाएको थियो ।
खेलको अन्त्यतिर पुलिसले एक गोल फर्काएको थियो । निर्धारित ९० मिनेटको खेलमा ४ मिनेट थप गरिएको थियो । समय थपिएको २ मिनेटमा पुलिसका परिवर्तित खेलाडी प्रशान्त कुँवरले गोल गरेका हुन् ।
भोलि शनिबारको दोस्रो क्वाटरफाइनल खेल झापा ११ फुटबल क्लब र चर्च व्याइज युनाइटेडबीच हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाखसहित ट्रफी प्राप्त गर्नेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा