News
हिलारी र बेस्ट ग्रुप फाइनलमा भिड्ने
काठमाडौं । हिलारी र बेस्ट ग्रुप भिजन नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । दुवै पेनाल्टी सुटआउटमा विजयी भए ।
पहिलो सेमिफाइनलमा हिलारीले ग्रिन विचलाई २–० गोलले पराजित गर्यो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।
काँडाघारीस्थित अर्किडको आयोजनमा भइरहेको प्रतियोगिताको दोश्रो सेमिफाइनलमा बेस्ट ग्रुपले हाइली क्रिएटिभलाई ४–३ गोलले हरायो । निर्धारित समयमा दुवैले १–१ गोलको बराबरी खेले । फाइनल शनिबार हुँदैछ ।
Post Comments
Related News
- नेपाल फुटबल स्कुललाई उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट