News
अक्सफोर्डलाई गुरुकुल फुटसल उपाधि

बुटवल । गुरुकुल एजुकेसनद्वारा आयोजित दोस्रो हब इन्टरनेसनल गुरुकुल फुटसल प्रतियोगिताको उपाधि अक्सफोर्डले जितेको छ ।
बुटवलमा भएको प्रतियोगिताको फाइनलमा अक्सफोर्डले नवीन औद्योगिक कदरबहदुर रिता मा.वि. लाई ३–१ गोलले पराजित गर्यो । विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार हात पारे । सेन्ट जोसेफले अनुशासित टिमको ट्रफी हात पा¥यो ।
एकदिने प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष एवं तिलोत्तमा खेलकुद विकास समितिका संयोजक लोक पुनले उद्घाटन गर्नुका साथै विजेतालाई पुरस्कृत पनि गरे । प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
Post Comments