News
दुहबी मेयर कपः वार्ड नम्बर ७ फाइनलमा, उपाधिका लागि वार्ड नम्बर १० सँग भिड्ने

दुहबी । प्रतिस्पर्धात्मक खेलमा झिनो अन्तरको जित निकाल्दै वार्ड नम्बर ७ जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको फायनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा वार्ड नम्बर ७ ले वार्ड नम्बर ५ माथि १–० को झिनो अन्तरको जित निकाल्यो । वार्ड नम्बर ७ का लागि अंकित चौधरीले एक मात्र निर्णायक गोल गरे ।
खेलका निर्णायक गोलकर्ता अंकित चौधरी नै म्यान अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे । वार्ड नम्बर ७ ले अब फागुन १५ गते बिहीबार हुने फाइनलमा वार्ड नम्बर १० सँग उपाधिका लागि भिडनेछ ।
दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।
Post Comments