News केपी ओली कपः सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

काठमाडौं । जारी दोस्रो केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार अन्तिम दुई क्वाटरफाइनल खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

मंगलबार तेस्रो क्वाटरफाइनलतर्फ संकटाले एपिएफ फुटबल क्लबलाई टाईब्रेकरमा ५–३ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा संकटा विजयी बनेको हो ।

त्यस्तै मंगलबार नै सम्पन्न भएको चौथो क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लबले ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लब, भुटानलाई १–० ले हराउँदै सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बन्यो ।

अब फागुन १६ गते हुने पहिलो सेमिफाइनलमा संकटाले त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ । त्यस्तै फागुन १७ गते हुने दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुवै सेमिफाइनल खेल दशरथ रंगशालामा हुनेछन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।

 

Post Comments