News
सर्वश्रेष्ठ रेनुका नगरकोटी

काठमाडौं । बुधबार सम्पन्न चारदेशीय महिला च्याम्पियनसिप अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा नेपाल उपविजेता मै सिमित बने तापनि विधागततर्फ भने नेपाल सर्वश्रेष्ठ रह्यो ।
दशरथ रंगशालामा म्यानमारसँग २–० ले पराजित हुन पुगेको नेपाली टोलीकी मिडफिल्डर रेनुका नगरकोटी प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी घोषित भईन । रेनुकाले त्यसवापत आकर्षक ट्रफी र नगद ५० हजार हात पारिन् ।
म्यानमारकी खिन मो मो टुन फाइनल खेलको प्लेयर अफ दि म्याच बनिन् । स्मरण रहोस, नेपाल र म्यानमार प्रतियोगिताको लिग चरणमा पनि आमने सामने हुँदा त्यतिबेला दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । यद्यपि त्यो प्रदर्शनलाई नेपाली टोलीले फाइनलमा दोहोर्याउन सकेन ।
Post Comments
Related News
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ
- नेपालको लगातार दोस्रो जितमा साबित्राको लगातार दोस्रो ह्याट्रिक