News
आर्मी केपी ओली कपको फाइनलमा
काठमाडौं । प्रतिस्पर्धात्मक जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब जारी केपी ओली कप अनतर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलतर्फ आर्मीले संकटा फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । पराजित संकटाका लागि भने विशन गुरुङ्गले एक मात्र गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत फागुन १७ गते शनिबारको दोस्रो सेमिफाइनल खेल आयोजक केपी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै