News
फाइनलमा मच्छिन्द्र, उपाधिका लागि आर्मीसँग भिड्ने
काठमाडौं । सहज जितका साथ मच्छिन्द्र फुटबल क्लब यहाँ जारी दोस्रो केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी फुटबल क्लबलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । मच्छिन्द्रको जितमा ३९औं मिनटमा मनिष डाँगीले पहिलो गोल गरेका थिए । ४९औं मिनटमा रोशन रानाले त्यो अग्रता दोब्बर पारे ।
खेलको अन्तिमतिर स्टेफन जलीले ८५ र ९०औं मिनटमा लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे । मच्छिन्द्रले अब फागुन १९ गते सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै