News ताप्लेजुङको फक्ताङलुङमा क्लब स्तरीय फुटबल प्रतियोगिता हुने
गोलनेपाल

सावादिन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका १ सावादिनमा बि.सि.एस युवा क्लबद्वारा क्लब स्तरीय पुरूष फुटबल प्रतियोगिता सन्चालन गर्ने भएको छ ।

फाल्गुन २६ गते देखि सन्चालन हुने प्रतियोगिता फागुन २९ गते सकिने बताइएको छ । प्रतियोगिताको विजेताले रू. १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।साथै विधागकत पुरस्कार समेत प्रदान गरिने बताइएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद, समृद्धिका लागि खेलकुद’ भन्ने नारालाई सार्थक पार्दै ताप्लेजुङ जिल्लाको पर्यटन प्रवद्धन गर्ने उदेस्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रूपहाङ लिम्बुले जानकारी दिए ।

सोही अवसरमा दौड प्रतियोगिता समेत सन्चालन गरिने लिम्बुले बताए । दौडमा प्रथम हुनेले १० हजार,दोस्रोले ६ हजार,तेस्रोले ३ हजार ,चौथो र पॉचौ स्थान हासिल गर्नेले १ हजार प्राप्त गर्नेछन भने दशौ स्थान सम्मले प्रमाण पत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोलनेपाल डटकमबाट गरिनेछ ।

Post Comments