News राइजिङ स्टार तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा
गोलनेपाल

कोहलपुर । राइजिङ स्टार फुटबल क्लब, नवलपरासी यहाँ जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलतर्फ राइजिङ स्टारले कांक्रेबिहार फुटबल क्लब, सुर्खेतलाई टाईब्रेकरमा ५–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा राइजिङ स्टार विजयी बन्यो ।

खेलमा राइजिङ स्टार कै अफ्रिकी खेलाडी अबायोमी फाकुन्ले म्यान अफ दि म्याच घोषित भए । राइजिङ स्टारले फागुन २४ गते शनिबार हुने फाइनलमा आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लब, बाँकेसँग उपाधिका लागि भिड्नेछ ।

कोहलपुर रेसिङ सहारा फुटबल क्लब, कोहलपुर, बाँकेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

Post Comments