News
सिधुवा धनकुटाः पालिका स्तरीय अध्यक्ष कप चैत्र १ गते देखि

छथर जोरपाटी । धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवामा चैत्र १ गते देखि ४ गते सम्म पालिका स्तरीय अध्यक्ष कप पुरूष फुटबल प्रतियोगिता हुने भएको छ ।
उक्त प्रतियोगिता छथर जोरपाटी गाउँपालिकाको मुख्य प्रायोजनमा सिधुवा सिंहदेवी युथ क्लबले आयोजना गरेको क्लबका अध्यक्ष दिवेश खडकाले जानकारी दिए।
प्रतियोगितामा धनकुटा जिल्लाका ७ पालिका र छिमेकी तेह्रथुम जिल्लाको छथर गाउँपालिका गरी ८ पालिकाको सहभागिता रहने बताइएको छ ।विजेताले १ लाख ५० हजार सहित ट्रफि र उपविजेताले ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments