News
नक्सलबारीमा माघे संक्रान्ती कप (खेलतालिकासहित)

नक्सलबारी । नेपाल मगर संघ, बेलबारी–१ नक्सलबारी मोरङको आयोजनामा यहि आउँदो पुष २४ गतेदेखि माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
नक्सलबारी एफसी र जनज्योति क्लबको संयोजनमा हुन गईरहेको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाउँदै छन् । साथै आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ ।
बेलबारी–१ स्थित नक्सलबारी खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा लेटाङ फुटबल र नक्सलबारी फुटबल क्लब भिड्ने छन् । आउँदो माघ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ ।
साथै प्रतियोगितामा अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको खेलतालिका हेर्नुहोस् ।
Post Comments
Related News