
फागूपूर्णे मेलाको अवसरमा आठराई गाउँपालिका–६ चुहानडाँडास्थित फुङसिङमा आयोजित वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताको पूरुषतर्फको उपाधिका लागि आठराई–३ ह्वाकु र वडा नं.६ चुहानडाँडा, आयोजक ‘ए’ भिंड्ने भएका छन् ।
आज (शुक्रबार) सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइलन खेलमा आठराई–१ लिसिबुङलाई १–० गोलअन्तरले पराजीत गर्दै आठराई–३ ह्वाकु फाइनलमा प्रवेश गरेको हो । आजै सम्पन्न प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा आठराई–२ खाम्लालुङलाई २–१ गोलअन्तरले हराउँदै आयोजक ‘ए’ले उपाधि भिंडन्तका लागि ह्वाकुसँगको भेट पक्का गरेको हो । प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न आजको पहिलो तथा प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा आठराई–४ इवालाई टाइब्रेकरमा ९–८ गोलअन्तरले रोक्दै आयोजक ‘ए’ सेमीफाइनलमा प्रवेश गरेको थियो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । त्यसैगरी महिला तर्फको उपाधिका लागि आठराई–६ चुहानडाँडा ‘आयोजक’ र आठराई–५ छातेढुंगाले प्रतिस्पर्धा गर्ने छन् । आज सम्पन्न महिला तर्फको सेमीफाइनल खेलमा आठराई–४ इवालाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजीत गर्दै आयोजक फाइनल प्रवेश गरेको हो । महिलातर्फ तीन टिमको मात्र सहभागिता रहेको थियो । आठराई–५ छातेढुंगाले वाई पाउदै फाइनल प्रवेश गरेको हो । फागुन २७ देखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ भने ११ टिमको सहभागिता रहेको थियो ।
आठराई गाउँपालिका, ६ नं. वडा कार्यालय र विभिन्न दाताहरुको सहयोगमा फुङसिङ खेल सञ्चालन समितिको आयोजनामा सञ्चालित पूरुष तथा महिला फुटबल प्रतियोगिता चैत्र २ गते सम्पन्न हुनेछ । प्रतियोगिताको पूरुषतर्फको विजेताले नगद ५० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ३० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फको विजेताले नगद २० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद १० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेलहरुको गोलनेपाल डटकमले प्रत्यक्ष प्रशारण गरिरहेको छ । भोलि (शनिबार) हुने पूरुष र महिला दुबै फाइनल खेलको पनि प्रत्यक्ष प्रशारण हुनेछ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न