News छथर जोरपाटी र शहिद भूमि सेमिफाइनलमा
गोलनेपाल

धनकुटा । छथर जोरपाटी गाउँपलिका र शहिद भूमि गाउँपलिका यहाँ जारी पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो क्वाटरफाइनलतर्फ छथर जोरपाटीले महालक्ष्मी नगरपालिकालाई ४–१ ले हरायो । छथर जोरपाटीका लागि प्रशान्त श्रेष्ठ, पर्वत दहाल, कुसुम राई र पर्वत गुरुङ्गले गोल गरे । पराजित महालक्ष्मीका लागि भने कुमार परियारले एक मात्र गोल गरेका थिए । खेलमा छथर जोरपाटीका पर्वत दहाल म्यान अफ दि म्याच घोषित भए ।

दोस्रो क्वाटरफाइनलतपर्ः शहिद भूमिले पाख्रीबास नगरपालिकालाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा शहिद भूमिले पाख्रीबासमाथि ५–४ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । खेलमा शहिद भूमिका लबकुश राई म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत २ गते शनिबार हुने तेस्रो क्वाटरफाइनलतर्फ १२ बजे चौबिसे गाउँपालिका र छथर गाउँपालिका भिड्ने छन् भने २ बजे हुने चौथो तथा अन्तिम क्वाटरफाइनलमा धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिका भिड्ने खेल संयोजक नुडु शेर्पाले जानकारी दिए ।

सिन्धुवा सिंहदेवी युथ क्लब, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिवेश खड्काले बताए । प्रतियोगिताको समापन भने चैत ४ गतेका दिन हुनेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन छथर जोरपाटी गाउँपालिका, धनकुटाका अध्यक्ष छत्र सुब्बा लगायतले गरेका थिए । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष छत्र सुब्बाले पालिकास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेर स्थानीय खेलकुद र खेलाडीहरुको विकास प्रवद्र्धन हुने विश्वास लिएको बताए ।

 

Post Comments