News
तेस्रो नेपाल सुपर लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा ललितपुर र काठमाडौंको भिडन्त
काठमाडौं । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको खेलतालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा चैत १६ गतेका दिन साविक विजेता ललितपुर सिटी फुटबल क्लब र पूर्व विजेता काठमाडौं रेजर्स फुटबल क्लब भिड्ने छन् ।
लिग चरण पश्चात् क्वालिफायर १ बैशाख ६ गते हुनेछ भने क्वालिफायर २ बैशाख ७ गतेका दिन हुनेछ । इलिमिनेटर म्याच भने बैशाख १० गतेका दिन हुनेछ । फाइनल र समापन बैशाख १३ गते हुनेछ ।
खेलतालिकामा खेल आयोजना स्थलबारे भने खुलाइएको छैन । सम्भवत दशरथ रंगशाला मै हुनेछन् । यद्यपि केही खेलहरु पोखरा रंगशालामा पनि हुने चर्चा छ ।

Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै