News तेस्रो लहान मेयर गोल्डकप चैत्र ११ गतेदेखि
गोलनेपाल

लहान । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ हिम कस्तुरी युवा क्लब, लहान, सिराहाको आयोजनामा यही चैत्र ११ गतेदेखि तेस्रो लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

लहान नगरपालिका, सिराहाको मुख्य प्रायोजन रहने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता, उपविजेता तथा विधागततर्फका खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

साथै प्रतियोगिताको पुरस्कार रकम, सहभागि लगायतका अन्य विस्तृत विवरण आयोजकले आधिकारिक रुपमै छिटै घोषणा गरी जानकारी गराइने बताइएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोलनेपालले गर्नेछ ।

Post Comments